१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ढाकाटोपीको व्यापार बढ्यो


13
Shares

काठमाडौं, कात्तिक २६ । कोरोना महामारीका कारण तिहारका लागि आवश्यक विभिन्न वस्तुको किनमेलमा कमी आएपनि ढाकाटोपीको व्यापार भने बढेको व्यापारीहरुले बताएका छन् ।

ढाकाटोपी नेपालीको चिनारी र गौरव पनि हो ।

ढाकाटोपी केवल शिर ढाक्ने वस्त्रको रुपमा मात्र नभएर नेपाली समाजको पहिचान पनि बोकेको छ ।

तिहारमा ढाकाटोपी अनिवार्यजस्तै बनेको छ । गलामा सयपत्री र मखमलीको माला, निधारमा सप्तरंगी टीका र शिरमा ढाकाटोपीले हरेक दाजुभाइ तिहारको दिन सजिने गर्दछन् ।

तिहारमा ढाकाटोपी लगाउँदा माइतीको मान बढ्छ भन्ने विश्वासले हरेक चेलीले आफ्ना दाजुभाइलाई उपहारको रुपमा स्नेहपूर्वक ढाकाटोपी दिने प्रचलन छ ।

त्यसैले तिहार नजिकिँदै जाँदा ढाकाका टोपीको व्यापार पनि बढ्दै जाने गरेको व्यापारीहरु बताउँछन् ।

यसपटक सबै क्षेत्रमा कोभिड-१९ को असर परेपनि ढाकाटोपीको व्यापारमा कुनै असर नपरेको व्यापारीहरुको भनाइ छ ।

पछिल्लो समय नयाँपुस्ताले ढाकाटोपी लगाउन थालेका छन् ।