३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

पाँच लाख नगदसहित २४ जुवाडे पक्राउ


0
Shares

चितवन, कात्तिक २७ । जिल्ला प्रहरी कार्यालय चितवनले पाँच लाख रुपैयाँ नगदसहित २४ जुवाडे पक्राउ गरेको छ ।

बुधबार राति भरतपुर महानगरपालिका–५, कैलाशनगरमा कौडा खेलिरहेका २४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिनुभयो ।

नगद पाँच लाख १७ हजार १७५ रुपैयाँसहित २४ जना र १६ थान कौडासमेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।