
काठमाडौं, कात्तिक २७ । सुदूरपश्चिम प्रदेश सरकारले कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र स्थापनाको तयारी थालेको छ ।
खेतीयोग्य जमिन बाँझो राख्ने तथा खन्डीकरण गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले प्रदेशमा कृषि गतिविधि सञ्चालन गरिन लागेको छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर–५, आइबीआरडी बजारनजिक रहेको राष्ट्रिय आवास कम्पनीका नाममा रहेको ७४ बिघा जमिनमा कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र स्थापनाको प्रक्रिया सुरु भएको छ ।
अनुसन्धान केन्द्र स्थापना भएपछि सुदूरपश्चिममा कृषि क्षेत्रको विकास हुने कृषि व्यवसाय, प्रवर्द्धन तथा सहयोग तालिम केन्द्र कञ्चनपुरका प्रमुख टिकाराम थापा बताउनुहुन्छ ।
प्रदेशले अगाडि सारेको कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र बनाउने योजनाले सुदूरपश्चिम प्रदेशलाई फाइदा पुग्ने पुनर्वास नगरपालिकाका प्रमुख जीवन थापाले बताउनुभयो ।
सीमावर्ती क्षेत्र भारतबाट गुणस्तरहीन बीउ र मल ल्याएर प्रयोग गर्दै आएका किसानहरुले सरकारी योजनाको स्वागत गरेका छन् ।
अध्ययन केन्द्र स्थापनाका लागि व्यवस्थापन समिति गठन गरी निर्देशिकासमेत तयार पारिएको छ ।
प्रतिक्रिया दिनुहोस्