
ताप्लेजुङ, कात्तिक २७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पूर्वी पहाडी जिल्लाको पर्यटन प्रवर्द्धनका लागि गुरुयोजना बनाएर अघि बढ्ने बताउनुभएको छ ।
बिहीबार गृहजिल्ला ताप्लेजुङको भानुजन माध्यमिक विद्यालयमा पर्यटन र पर्वतारोहण विषय अध्ययनको शुभारम्भ गर्दै उहाँले पर्यटन प्रवर्द्धनका हिसाबले अथाह सम्भावना बोकेको पूर्वी पहाडी जिल्लामा पर्यटन विकासका लागि योजनाबद्धरुपले अघि बढ्ने तयारी भएको बताउनुभयो ।
प्रचार–प्रसार र पर्याप्त पर्यटन पूर्वाधारको अभावका साथै पर्यटनमैत्री व्यवहारको विकास नहुँदा अथाह सम्भावना बोकेका क्षेत्रहरु पछि परेकाले अब सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा उहाँको जोड थियो ।
प्रतिक्रिया दिनुहोस्