
काठमाडौं, कात्तिक २७ । नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या दुई लाख चार हजार २४२ पुगेको छ ।
पछिल्लो २४ घन्टामा देशभर एक हजार ९१३ जना संक्रमित थपिएका छन् ।
थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ९७३ जना रहेका छन् । जसमध्ये काठमाडौंमा ७६४, भक्तपुरमा ८३ र ललितपुरमा १२६ जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै कुल संक्रमितको संख्या दुई लाख चार हजार २४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।
योसँगै सक्रिय संक्रमितको संख्या ३८ हजार ४६१ पुगेको छ ।
थप २,३४९ कोरोनामुक्त
पछिल्लो २४ घन्टामा दुई हजार ३४९ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या एक लाख ६४ हजार ५९२ पुगेको छ ।
थप १५ को मृत्यु
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण देशभर १५ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या एक हजार १८९ पुगेको मन्त्रालयले जनाएको छ ।
८७ जना भेन्टिलेटरमा
हाल देशभर नौ हजार ७७ जना संस्थागत ‘आइसोलेसन’मा छन् भने २९ हजार ३८४ जना होम आइसोलेसनमा छन् ।
देशभर ३७३ जना संक्रमित आईसीयूमा र ८७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
पछिल्लो २४ घन्टामा १० हजार २२ जनाको ‘पीसीआर’ परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्