
कञ्चनपुर, कात्तिक २७ । कञ्चनपुरकोे दोधारा–चाँदनी झोलुंगे पुल मर्मत कार्य सुरु गरिएको छ ।
ठाउँ–ठाउँमा नटबोल्ट तथा प्लेटहरु टुटेपछि जीर्ण बन्दै गएको पुलको बिहीबार (आज)देखि मर्मत सुरु गरिएको हो ।
मर्मत सुरु भएसँगै बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म पुलमा आवागमन बन्द गरिएको महाकाली नगरपालिका–६ का वडाध्यक्ष दिलबहादुर सिंजालीले बताउनुभयो ।
पुलमा ५० किलो तौलसम्मका सामग्रीमात्रै बोक्न पाइने नियम बनाइएपनि त्योभन्दा बढी तौलका सामानहरु बोक्ने गर्दा पनि पुल जीर्ण बन्दै गएको हो ।
वि.सं. २०६१ मा नौ करोड ४२ लाख ४१ हजार रुपैयाँमा निर्माण गरिएको पुलको लम्बाई एक हजार ४५२ मिटर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्