१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काभ्रेमा देउसी–भैलो खेल्न रोक


0
Shares

काभ्रे, कात्तिक २७ । काभ्रेमा देउसी–भैलो नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।

बिहीबार एक सूचना प्रकाशन गरी कोरोना संक्रमणको दर बढिरहेकै अवस्थामा दीपावली तथा छठ पर्व आएकाले देउसी–भैलोजस्ता कार्यक्रम नगर्न र अनावश्यक आवत-जावत नगर्न आग्रह गरिएको हो ।

यस्तै, चाडपर्व मनाउनेक्रममा भुइँचम्पा, पटका पड्काउने र आतिसबाजी गर्नेजस्ता विस्फोटक तथा प्रज्ज्वलनशील पदार्थको प्रयोगको साथै खरिद–बिक्री र ओसारपसार नगर्न/नगराउन पनि प्रशासनले अनुरोध गरेको छ ।

सूचनाको बर्खिलाप हुनेगरी कुनै गतिविधि गरेको पाइए कारबाही हुने प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो ।