१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सातलाख रुपैयाँ नक्कली नोटसहित सिरहामा तीन जना पक्राउ


0
Shares

सिरहा । गोलबजार लामाटोलबाट सातलाख रुपैयाँ नक्कली नोटसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र प्रहरी गोलबजारको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोलबजार नगरपालिका १२ वेतौनाका धिरज यादव, सञ्जय राय र कल्याणपुरका विमलेन्द्र नायक छन् ।

उनीहरु गोलबजार नगरपालिका ६ को लामाटोलका वीरेन्द्र महतोको घरमा भाडामा बस्दै आएका थिए ।

प्रहरीले उनीहरुको कोठाबाट ३ थान मोबाइल, १ थान ल्यापटप, १ थान कलर प्रिन्टर र कागज काट्न प्रयोग गरिने चक्कुसमेत बरामद गरेको छ ।