
काठमाडौं, कात्तिक २८ । निर्माण सम्पन्न भएर औपचारिक उद्घाटनको पर्खाइमा रहेको जयनगर–कुर्था रेलमार्गमा ‘रेल्वे लिक’मा रहेका ‘क्लिप’ चोरी हुन थालेको छ ।
३५ किलोमिटर मार्ग निर्माण सम्पन्न भएपछि नेपाली रेल जनकपुर आइसकेको छ । तर, औपचारिक उद्घाटन अझै हुन सकेको छैन ।
धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरा हुँदै बर्दिबाससम्मको ६९ किलोमिटर रेल्वे लिकको निर्माणकार्य जारी छ ।
तर, भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म चल्नुपर्ने रेल्वे लिकको क्लिप गायब हुन थालेका छन् ।
रेल्वे लिकको क्लिप चोरेर कवाडमा बेच्ने गरेको बताइन्छ । एउटा क्लिपमा आधा केजीभन्दा बढी फलाम हुने गरेको र अहिलेसम्म ६०० बढी क्लिप चोरी भएका छन् ।
धनुषाको खजुरीदेखि महिनाथपुरसम्म धेरै क्लिप चोरी भएका छन् । चरिचरन गर्न आउनेहरूले क्लिप निकालेको हुनसक्ने स्थानीयहरुको भनाइ छ ।
दुई महिनाअघि नेपाल ल्याइएका एक इन्जिन र चारओटा ‘बोगी’ रहेको रेलका दुई ‘सेट’ अहिले सुरक्षित राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्