१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


शंकर पोखरेलको आरोप: अध्यक्ष दाहालको एकल प्रस्तावले पार्टी एकता गम्भीर मोडमा, प्रस्ताव फिर्ता लिनुहोस


0
Shares

Shankar pokhrel statement on dahal letter

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपाका नेता शंकर पोखरेलले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालय बैठकमा पेश भएको एकल प्रस्तावले पार्टी एकता गम्भीर मोडमा पुगेको आरोप लगाउनुभएको छ ।

शनिबार सामाजिक सञ्जालमार्फत उहाँले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध संगिन आरोपसहित एकल प्रस्तावले पार्टी एकता गम्भीर मोडमा पुगेको अनुभूती सिंगो पार्टी पंक्तिले गरेको बताउनुभएको हो ।

नेता पोखरेलले प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि बैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्ता गर्न आग्रहसेत गर्नुभएको छ ।

उहाँले व्यक्तिगत पत्र र संस्थागत प्रस्ताव फरक विषय हो भन्ने सत्य बुझ्न अनुरोध पनि गर्नुभएको छ ।

सत्तारूढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको विवाद पत्रमार्फत आरोपरप्रत्यारोपमा पुगेको छ ।

प्रधानमन्त्री ओली र दाहाल एकअर्काले गुटबन्दी गरेको आरोपदेखि अध्यक्षद्वयबीच भएको छलफलमा एकले अर्काेलाई दोषी देखाउँदै कृत्रिम कुरा गरेको आरोपसम्म लगाएका छन् ।

हिजोको सचिवालय बैठकमा पार्टी भित्रको आन्तरिक विवाद समाधानका लागि अध्यक्ष एवम् प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष दाहालबीच आदानप्रदान भएका पत्र अध्ययनका लागि सचिवालय सदस्यलाई बाँडिएको छ ।