
फाइल फोटो
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गर्नुभएको छ ।
हिजो साँझ करिब एक घण्टा भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था र नेकपाभित्र देखा परेको संकटका बारेमा कुराकानी भएको बताइएको छ ।
नेकपाभित्र जारी संकट समाधानका लागि दुवै पक्ष आ आफ्नो रणनीतिमा लागेका बेला प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग गरेको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
पार्टी अध्यक्षसमेत रहेका ओलीविरूद्ध अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रतिवेदनका नाममा अभियोग पत्र नै पेस गरेको भन्दै उहाँ रुष्ट बन्नु भएको छ ।
ओली निकट नेताहरूले राजनीतिक प्रतिवेदन नै मान्न नहुने बताउँदै छलफल गर्न नहुने बताइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्