२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नेपालले आज बंगलादेशविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्दै, पहिलो खेलको हारको बदला लिने लक्ष्य


0
Shares

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज बंगलादेशविरुद्ध दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्र्नेछ ।

नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार अपरान्ह पौने ५ बजे सुरु हुनेछ । दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ ।

पहिलो खेलमा पराजित नेपाल दोस्रो खेल जित्दै मैत्रीपूर्ण श्रृंखला बराबरी गर्न चाहन्छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २–० ले पराजित भएको थियो ।

बंगलादेशविरुद्धको दोस्रो खेलमा नेपालका रजिन धिमाल मैदानमा फर्कने छन् । कोरोना पोजेटिभ देखिएपछि धिमालले अघिल्लो खेल गुमाएका थिए । धिमाल कोरोना मुक्त भईसकेका छन् ।

यता, बंगलादेश भने नेपालविरुद्ध लगातार दोस्रो खेलमा जित निकाल्न चाहन्छ । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले अभ्यास एवं तयारीका लागि बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो ।