७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


टिचिङ अस्पतालका मुटुरोग विशेषज्ञ डा.सुनील झाको कोरोनाका कारण निधन


0
Shares

काठमाडौं । कोरोना संक्रमणका कारण त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालका मुटुरोग विशेषज्ञ तथा प्राध्यापक डा.सुनील झाको हिजो निधन भएको छ ।

एक महिनाअघि कोरोना पुष्टि भएसँगै उपचार गराइरहनुभएका डा. झाको हिजो निधन भएको हो । निमोनियाले ग्रसित उहाँको तीन सातादेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

६२ वर्षीय झाले एक वर्षपछि सेवाबाट अवकाश लिँदै हुनुहुन्थ्यो ।