
काठमाडौं, मंसिर २ । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा एक बालिकाको बलात्कार भएको छ ।
सोमबार साँझ साढे ६ बजेतिर चन्द्रागिरि–२, बसुण्डोलकी १४ वर्षीया बालिकामाथि बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हुम्ला ताजाकोट गाउँपालिका–२ घर भइ सोही ठाउँ बस्ने २३ वर्षीय सुरेश लोहार रहेका छन् ।
लोहारले बालिकालाई भेट्न बोलाएर जबर्जस्ती करणी गरेको प्रहरीको दाबी छ ।
महानगरीय प्रहरी वृत्त, थानकोटबाट खटिएका प्रहरीले ती युवकलाई घटना भएको केही समयमै पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रमुख श्याम ज्ञवालीले जानकारी दिनुभयो ।
घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्