
भक्तपुर, साउन ३ । काठमाडौंको मूलपानीस्थित क्रिस्चियन कम्युनिटी स्कुलबाट विद्यार्थी लिएर भक्तपुरको थिमितर्फ आउँदै गरेको बा२क ९२५० नम्बरको स्कुल बस बिहीबार अपराह्न ५ बजेतिर मध्यपुरथिमिको नीलबाराहीमा दुर्घटना हुँदा ५८ विद्यार्थी घाइते भएका छन् ।
दुर्घटनामा घाइतेमध्ये ४१ जनाको मध्यपुर अस्पताल र १७ जनाको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेमध्ये गम्भीर पाँचजनाको सघन उपचारकक्षमा राखेर उपचार भइरहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक मनोज केसीले जानकारी दिए ।
दुर्घटनाको कारण खुल्न सकेको छैन । रासस
प्रतिक्रिया दिनुहोस्