१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कैलालीमा जिपलाइन, पर्यटकको आकर्षण बढ्यो


13
Shares

कैलाली, मंसिर ३ । कैलालीको महोन्याल गाउँपालिकास्थित कर्णाली नदीमा ‘जिपलाइन’ सेवा सञ्चालनमा आएपछि पर्यटकको आकर्षण बढ्न थालेको छ ।

सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारसमेत रहेको यस ठाउँमा कोभिड–१९ संक्रमणको जोखिमका बाबजुद पनि जिपलाइनको आनन्द लिन पर्यटकहरु आउने गरेका छन् ।

२०७६ सालको माघ महिनादेखि जिपलाइन सञ्चालनमा आएपनि कोभिड संक्रमणको जोखिमका कारण बन्द रहेको थियो ।

यस क्षेत्रमा घुम्न आउने पर्यटकका लागि साहसिक खेलको मनोरञ्जन दिने उद्देश्यले जिपलाइन सेवा सञ्चालनमा ल्याइएको सञ्चालक तपेन्द्र रावलले बताउनुभयो ।

जिपलाइन खेल्नका लागि अहिले दैनिक २०० देखि ३०० को संख्यामा पर्यटकहरु आउने गरेका जनाइएको छ ।