
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको विस्कन्सिन राज्यमा पुनः मतगणना गर्नुपर्ने माग गर्नुभएको छ ।
अमेरिकामा हालै सम्पन्न राष्ट्रपति निर्वाचनमा जो बाइडेनल २० हजार मतले विजयी हुने अनुमान गरिएकोमा सो राज्यको पुनः मतगणना गर्नुपर्ने माग ट्रम्पको रहेको छ ।
ट्रम्प अभियानले चुनावमा अनियमितता भएको भन्दै मिलवाकी र डेनको काउन्टीमा पनि पुनः मतगणना गर्न माग गरेको छ ।
निर्वाचन अधिकृतहरुले अनियमितताको कुनै प्रमाण नभएको दाबी गरिरहेकै बेला ट्रम्पले पुनः मतगणको माग गर्नुभएको हो ।
विस्कन्सिन राज्यको कानुन अनुसार राष्ट्रपति पदका उम्मेदवारलाई चित नबुझेको खण्डमा पुनः मतगणना गर्न लगाउने अधिकार रहेकोले पनि ट्रम्पले पुन मतगणनाको माग गर्नुभएको छ ।
पुनः मतगणनाका लागि ७ दशमलव ९ मिलियन अमेरिकी डलर खर्च हुने अमेरिकी निर्वाचन अधिकृतहरुले जनाएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्