१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


इटाली र बेल्जीयम नेशन्स लिगको फाईनल चरणमा प्रवेश


0
Shares

काठमाडौं । इटाली र बेल्जीयम युरोपियन नेशन्स लिग फुटबलको फाईनल चरणमा प्रवेश गरेका छन् ।

लिग ‘ए’ अन्तर्गत गएराति भएका खेलहरु जित्दै आ आफ्नो समूह विजेताको रुपमा यी दुई टोलीले फाइनल चरणमा ठाउँ बनाएका हुन् ।

अर्को वर्ष हुने फाइनल चरणमा इटाली र बेल्जियमसँगै फ्रान्स र स्पेनले प्रतिस्पर्धा गर्नेछन् । समूह एक को खेलमा इटालीले बोस्निया हर्जगोभिनालाई २–० ले हरायो ।

यही समूहको अर्को खेलमा नेदरल्याण्ड्सले पोल्याण्डलाई २–१ ले हराएपनि फाइनल चरणमा पुग्न सकेन । समूहमा ६ खेलबाट इटालीको १२ अंक भयो भने नेदरल्याण्ड्सको ११ अंक मात्रै भयो ।

उता समूह दुईको खेलमा डेनमार्कलाई ४–२ ले हराउँदै बेल्जियम फाइनल चरणमा पुग्यो । आईसल्याण्डमाथि ४–० को जित निकालेको इंग्ल्याण्ड भने समूहमै रोकियो ।

यो समूहमा ६ खेलबाट बेल्जियमले १५ अंक जोड्दा डेनमार्क र इंग्ल्याण्डको १०–१० अंक रह्यो । यो समूहबाट आईसल्याण्ड तथा समूह एकबाट बोस्निया रेलिगेशनमा परे । एजेन्सी