१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निःशुल्क खानासँगै खाद्यान्न


0
Shares

काठमाडौं, मंसिर ४ । काठमाडौंको खुलामञ्चमा निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टिम नेपालले निःशुल्क खाद्यान्न वितरणको अभियान पनि थालेको छ ।

काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना नखुवाउन आग्रह गरेपछि अहिले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालछेउमा खाना खुवाइरहेको हाम्रो टिमले खाद्यन्न सहयोग पनि थालेको हो ।

महानगरपालिकाले उपलब्ध गराएको स्थानमा आउन नसक्ने र घरमा पकाएर खाने अवस्था भएकाहरुको हकमा निःशुल्क खाद्यान्न वितरण गर्न थालिएको हो ।

हाम्रो टिम नेपालका संस्थापक सहसचिव लक्ष्मणसिंह धामीले खाना खान आउन नसक्ने र घरमा आफैं पकाएर खान सक्ने अवस्था भएकालाई ग्यासको रेगुलेटरसहित चामल, दाल, नुन, तेललगायतका सामग्री दिइएको बताउनुभयो ।

काम गर्न सक्नेहरुलाई रोजगारी दिलाउने विषयमा महानगरपालिकासँग छलफल भइरहेको पनि उहाँले बताउनुभयो ।

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको पछाडिपट्टि रहेको खुला ठाउँ उपलब्ध गराएपछि बुधबारबाट सोही ठाउँमा निःशुल्क खाना खुवाउन लागिएको हो ।

नयाँ ठाउँमा शौचालय, खानेपानी, फोहोर फाल्ने ठाउँलगायतका पूर्वाधार निर्माण महानगरपालिकाले गरिदिने सम्झौता छ ।