
काठमाडौं, मंसिर ४ । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग बास लिग (बीबीएल)मा यसपटक होबर्ट हरिकेन्सबाट खेल्न भएका छन् ।
होबर्टले बिहीबार बिहान विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको हो ।
लगातार तेस्रोपटक बीबीएल खेल्न लागेका सन्दीपले यसअघि मेलबर्न स्टार्सबाट लगातार दुई सिजन खेलेका थिए ।
बिग बास लिगमा सन्दीपले अहिलेसम्म दुई सिजनमा २० खेल खेल्दै २६ विकेट लिएका छन् ।
बीबीएलमा यसअघि हरेक टिमले ‘प्लेइङ सेट’मा दुईजना विदेशी खेलाडीमात्रै राख्न पाउँथे । यसपटक भने प्रत्येक टिमले तीनजनासम्म विदेशी खेलाडी खेलाउन पाउनेछन् ।
बिग बास लिगको दशौं संस्करण आगामी डिसेम्बर १० बाट सुरु हुनेछ ।
प्रतिक्रिया दिनुहोस्