१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘आईओटा’ आँधीका कारण मध्य अमेरिकामा ३० भन्दा बढीको मृत्यु


0
Shares

सान साल्भाडोर, मंसिर ४ । मध्य अमेरिकी क्षेत्रमा आएको ‘आईओटा’ नामक आँधीका कारण मृत्यु हुनेको संख्या बिहीबार ३० पुगेको संयुक्तराज्य अमेरिकाको राष्ट्रिय आँधी व्यवस्थापन केन्द्रले जानकारी गराएको छ ।

गत सोमबार आएको ‘पाँचौं श्रेणी’को विनाशकारी आँधीका कारण मृत्यु हुनेको संख्या ३० पुगेको निकारागुवा राज्य प्रशासनले बताएको छ ।

आँधीको विनाशकारी प्रभाव बिहीबारसम्म रहने अमेरिकी मौसम विज्ञान कार्यालयले जानकारी गराएको छ ।

अमेरिकामा सन् २०२० कै सबैभन्दा ठूलो मानिएको अलसाल्भाडोर क्षेत्रमा आएको एटलान्टिक आँधी भने केही दिनदेखि शान्त बनेको बताइएको छ ।

अमेरिकी आँधी केन्द्रकाअनुसार आईओटा विस्तारै शान्त हुनेक्रममा रहेको तर अन्त्यतिर जनजीवनलाई खतरामा पार्नेगरी मध्य अमेरिकी होन्डुरस, निकारागुवा र ग्वाटेमाला क्षेत्रका विभिन्न स्थानहरूमा पहिरो तथा बाढीको मुख्य असर परेको आँधीजन्य विपत् व्यवस्थापन केन्द्रले जनाएको हो ।

आईओटाका कारण निकारागुवामा दुई बालबालिकासहित सबैभन्दा बढी १८ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

आँधीका कारण होन्डुरसमा १४ व्यक्तिको मृत्यु भएकोमा पाँचजना एकै परिवारका रहेको बताइएको छ ।