१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


‘छठ मधेस, पहाड र हिमाललाई जोड्ने साझा पर्व’


0
Shares

वीरगन्ज, मंसिर ४ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हिन्दुहरुको महान् पर्व छठ मधेस, पहाड र हिमाललाई जोड्ने अटुट साझा पर्वको रुपमा विकसित हुँदै गएको बताउनुभएको छ ।

बिहीबार वीरगन्जमा प्रदेश नम्बर–२ को उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयको आयोजनामा गरिएको कार्यक्रममा उहाँले छठको महत्व दर्शाउनुभएको हो ।

छठ पर्व पछिल्लो समय तराई, मधेससँगै पहाडी र हिमाली विभिन्न जिल्लामा सामाजिक एकताका साथ मनाउने गरिएकाले यो देशको सामाजिक एकताको बन्धनमा जोड्ने पर्वको रुपमा चिनिएको उहाँको भनाइ छ ।