
काठमाडौं, मंसिर ४ । नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्ष पुगेको अवसरमा ‘अमेजिङ युनान सांग्रिला’ फोटो प्रदर्शनी कार्यक्रम हुने भएको छ ।
काठमाडौंको होटल एभरेस्टमा शुक्रबारबाट फोटो प्रदर्शनी हुने भएको हो ।
कूटनीतिक सम्बन्ध स्थापना भएको वर्षगाँठका अवसरमा दुवै देशका साँस्कृतिक पहिचान झल्किने विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी भएपनि कोभिड–१९ का कारण सम्भव हुन नसकेको नेपाल-चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले बताउनुभयो ।
साँस्कृतिक र भौगोलिकरुपमा नजिक रहेका नेपाल–चीनको संस्कृति विकास र पर्यटनसँग सम्बन्धित फोटोहरु प्रदर्शनीमा राखिनेछन् ।
प्रतिक्रिया दिनुहोस्