२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


विवादास्पद गाजा क्षेत्रको समस्या समाधानमा अमेरिकाले हस्तक्षेप गरेको प्यालेस्टाइनको आरोप


0
Shares

काठमाडौं । अमेरिकाले गाजा क्षेत्रको विवादास्पद समस्या समाधानमा असहयोग गरेको प्यालेस्टाइनले आरोप लगाएको छ ।

गाजा क्षेत्रको आफ्ना भूमि फिर्ता गर्ने वातावरण बिगार्न अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले इजरायललाई सहयोग गरेको प्यालेस्टाइनले आरोप लगाएको हो ।

पोम्पेओले इजरायलको कब्जामा रहेको पश्चिम तटीय क्षेत्र फिर्ता नगर्न भूमिका खेलेको प्यालेस्टाइनको दावी छ ।

तर इजरायलका अधिकारीहरुले भने प्यालेस्टाइनको आरोपको खण्डन गरेका छन् । इजरायल र प्यालेस्टाइन क्षेत्रको विवाद समाधानका लागि प्रयास जारी रहेका बेला अमेरिकाले हस्तक्षेप गरेर वार्ताको वातावरण बिगारेको भन्दै विभिन्न सामाजिक संघ संस्थाहरुले समेत विरोध गरेका छन् ।

उनीहरुले प्यालेस्टाइनको भूमि फिर्ता गरेर अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्नुका साथै प्यालेस्टाइन नागरिकको अधिकार सुनिश्चित गर्नसमेत माग गरेका छन् ।

अधिकारवादी संस्थाहरुले प्यालस्टाइनी शरणार्थीहरुको स्वतन्त्र घर फिर्ताको वातावरण बनाउन पनि सरोकारवाला निकायसँग आग्रह गरेका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगको भेटमा विदेशमन्त्री पोम्पेओले गाजा क्षेत्रमा आन्दोलन गर्ने संघ संस्थाहरुको गलत काममा सहयोग गर्न नसकिने बताउनुभएको थियो ।

उहाँले आन्दोलनकारी समूहहरुको निगरानी गर्नुका साथै उनीहरुका गतिविधिको सुक्ष्म रुपमा अनुगमन गर्न आवश्यक रहेको बताउनुभएको थियो ।

तर ती अधिकारवादी समूहले भने यहूदी विरोधी जातीवादलगायतका विभेदको विरोध गर्ने जनाउँदै आएका छन् । एजेन्सी