१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रसुवा र नुवाकोटको सिमानामा रहेको उत्तरगया धामको संरक्षणमा ६ करोड खर्च, शौचालय, विश्रामगृहलगायत निर्माण


0
Shares

रसुवा । रसुवा र नुवाकोटको सिमानामा रहेको उत्तरगया धामको संरक्षणका लागि नदी नियन्त्रण थालिएको छ ।

वाग्मती प्रदेश सरकारको वहुवर्षे कार्यक्रमअन्तर्गत छ करोड रुपैयाँमा त्रिशुली र फलाखु खोलाको संगम स्थल उत्तरगया धामको नदी नियन्त्रणकोे काम गरिएको हो ।

उत्तरगयाधाम संरक्षण गरी दाहसंस्कार एवं पिण्ड तर्पणका कार्य सहज पार्ने उद्देश्यले नदी किनारमा तटबन्ध र भौतिक पूूर्वाधारहरुको कार्य गरि सो क्षेत्रको संरक्षण गरिएको हो ।

फलाखु खोलाकोे पुरानो झोलुङ्गे पुल मुनिदेखि पश्चिमको दुई नदी मिश्रण भएको स्थानसम्म तारको जाली तथा त्रिशुली नदी किनार र शवदाह गृह आसपाससम्म करीब एक सय पचास मिटर भू–भागमा सिमेन्टको पर्खाल लगाई नदी नियन्त्रणको कार्य गरिएको छ ।

भौतिक पूर्वाधार निमार्णले अबका दिनमा भक्तजनहरुमा सहजता आउने विश्वास उत्तरगया विकास कोषका अध्यक्ष इश्वरलाल श्रेष्ठले बताउनु भएको छ ।

धाम क्षेत्रमा नदी नियन्त्रणका साथै उत्तरगया धाम क्षेत्र भित्रै प्रदेश सरकारको पूर्वाधार विकास कार्यक्रमअन्तर्गत शौचालय, विश्रामगृहलगायतका भौतिक सामग्रीको निर्माण गरिएको उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले जनाकारी दिनुभयो ।

तेस्रो चरणअन्तर्गत निलाद्री पर्वत जाने क्रममा फलाखुको संगमस्थलमा जल उत्खनन गरी बाहिर निकाल्ने योजना रहेकोे गाउँपालिकाले जनाएको छ ।

रसुवा र नुवाकोटको सिमानामा अवस्थित उक्त धाममा दाहसंस्कार, पिण्डतर्पण, हरिबोधिनी एकादशीमा फूलको डोली तार्ने जस्ता कार्य हुँदै आएको छ ।

रसुवाको दुई गाँउपालिका तथा नुवाकोटका केही क्षेत्रबाट मृत्यु पछि दाहसंस्कार यहि स्थानमा गरिँदै आएको छ ।