
काठमाडौं । सुनको मूल्य आज पनि ओरालो लागेको छ । बिहीबारको तुलनामा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ४०० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजारमा कारोवार भएको छ । बिहीबार भने प्रतितोला ९४ हजार ४०० मा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार ५०० मा कारोवार भएको छ । बिहीबार तेजाबी सुन प्रतितोला ९३ हजार ९०० मा कारोबार भएको थियो । यस्तै चाँदी आज प्रतितोला पाँचले घटेको छ ।
बिहीबार प्रतितोला एक हजार २१५ मा कारोवार भएको चाँदी आज भने प्रतितोला एक हजार २१० मा कारोवार भएको छ ।
प्रतिक्रिया दिनुहोस्