१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बर्दियाका स्थानीय सरसफाइमा


0
Shares

बर्दिया, मंसिर ५ । बर्दियालाई सरसफाइयुक्त जिल्ला बनाउन यहाँका स्थानीयले संकल्प गरेका छन् ।

पूर्ण सरसफाइका लागि बर्दियाका स्थानीयहरुले तदारुकता देखाएका हुन् ।

जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति बर्दियालेसमेत पूर्ण सरसफाइयुक्त जिल्ला घोषणाका लागि आठओटै पालिकामा आफ्ना कार्यक्रमलाई तीव्रता दिएको छ ।

बर्दियाको राजापुर नगरपालिकामा पूर्ण सरसफाइका सूचकहरु पूरा गरेका गाउँहरुको शुक्रबार अनुगमनसमेत गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख शंकरप्रसाद थारु, राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरीलगायतले बसन्ता र कृष्णनगरको अनुगमन गर्नुभएको थियो ।

पूर्ण सरसफाइको सूचक पूरा गरेको भएपनि यसलाई निरन्तरता दिन स्थानीयले काम गरिरहेको जनाएका छन् ।