१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चिनियाँ रक्षामन्त्री नेपाल आउँदै


0
Shares

काठमाडौं, मंसिर ५ । चीनका रक्षामन्त्री वेइ फङ्गह छिट्टै नेपाल भ्रमणमा आउने भएका छन् । उनको भ्रमणबारे उच्च सरकारी तहमा कुराकानी भइरहेको जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत हाउ यान्छीका बीच भएको भेटमा चिनियाँ रक्षामन्त्रीको भ्रमणका सम्बन्धमा कुराकानी भएको स्रोतले जनाएको छ ।

अहिले रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओली आफैंले सम्हाल्नुभएको छ ।

भ्रमण नोभेम्बर २९–३० मा गर्नेगरी तयारी अगाडि बढाइएपनि प्रस्तावित मिति केही सर्नसक्ने भएकाले आधिकारिक घोषणा भने तत्काल भएको छैन ।

नेपाल आएर उनी अन्य दक्षिण एसियाली मुलुकको भ्रमणमा जानेछन् । परराष्ट्र मन्त्रालयले भने यस विषयमा केही बताएको छैन ।