२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


झुलाघाट नाका पाँच दिनका लागि खोलिँदै


0
Shares

बैतडी, मंसिर ६ । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आउँदो सोमबारबाट पाँच दिनका लागि खोलिने भएको छ ।

यही मंसिर ८ गतेदेखि मंसिर १२ गतेसम्मका लागि नाका खुला हुने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो ।

उहाँले भारतीय पेन्सनधारी नेपालीलाई पेन्सन बुझ्न सजिलो होस् भनेर नाका खोल्न लागिएको बताउनुभयो ।

उनीहरुले कोरोनाका कारण सीमानाका बन्द भएपछि चैत महिनायता पेन्सन बझ्न पाएका छैनन् ।

नाका खुलेको समयमा अत्यावश्यक र आकस्मिक काम परेकाहरुलेसमेत आवत–जावत गर्न पाउनेछन् ।

बैतडीमा १२ सय बढी भारतीय पेन्सनधारी नेपाली छन् ।