
काठमाडौं, मंसिर ६ । काठमाडौंमा राष्ट्रिय विभूति शंखधर साख्वा र वामनेता पद्मरत्न तुलाधरको सालिक अनावरण गरिएको छ ।
शनिबार सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘शंखधर उद्यान’मा साख्वा र तुलाधरको सालिक अनावरण गर्नुभएको हो ।
सालिक अनावरणपछि मन्त्री श्रेष्ठले नेपाल संवतलाई राष्ट्रिय संवतका रुपमा स्थापित गर्ने भन्नेमा कसैलेपनि विमति नराख्ने भन्दै रत्नपार्कलाई ‘शंखधर उद्यान’ घोषणा गरी वामपन्थी आन्दोलनका अगुवा तुलाधर र प्रजातान्त्रिक आन्दोलनका अगुवा शंखधरको सालिक निर्माण हुनु इतिहासको सम्मान भएको बताउनुभयो ।
महानगरपालिकाका प्रमुख शाक्यले शंखधर र पद्मरत्नलाई सधैं सबैले चिन्न र देख्न सकून् भनेर उहाँहरुको सम्मानमा पार्कभित्र सालिक निर्माण गरिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्