१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पार्टी कुनैपनि हालतमा फुट्दैन : वामदेव


0
Shares

तुलसीपुर, मंसिर ६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने बताउनुभएको छ ।

तुलसीपुर उपमहानगरपालिकाद्वारा शनिबार आयोजित भेटघाट कार्यक्रममा उहाँले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूले निरन्तर पहल गरिरहेको जानकारी दिनुभयो ।

‘म कुनै गुटमा छैन । म सधैं गुटको विपक्षमा हुन्छु’–उहाँले भन्नुभयो–‘मैले पार्टी एकतालाई जोड दिएको छु । पार्टी कुनैपनि हालतमा फुट्दैन ।’

पार्टी एकताका क्रममा देखिएका केही विषयलाई तत्कालीन समयमा समाधान नगरिँदा अहिले समस्या आएको उहाँको भनाइ छ ।

उपाध्यक्ष गौतमले पार्टीमा दुई अध्यक्षले बैठकको कार्यसूची तय गर्ने र त्यसैका आधारमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बस्ने बताउनुभयो ।

उहाँले ‘पार्टीभित्र फरक विचार राख्नाले पार्टीलाई झनै चलायमान र सुदृढ बनाउनेछ’–भन्नुभयो ।

उपाध्यक्ष गौतमले मुलुक समृद्धिका मार्गमा अघि बढेको र सरकारले घोषणापत्रअनुसार काम गर्नुपर्नेसमेत बताउनुभयो ।