१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एटिपि फाईनल्समा नदाल पराजित


0
Shares

काठमाडौं । स्पेनिस टेनिस खेलाडी रफाईल नदाललाई हराउँदै रुसका डानिल मेदबेदेभ ‘एटिपि फाईनल्स’को फाईनलमा प्रवेश गरेका छन् ।

लण्डनमा जारी वर्षको अन्तिम टेनिस प्रतियोगिताको सेमिफाईनलमा नदाललाई रुसी खेलाडी मेदबेदेभले २–१ को सेटमा हराए ।

नादल विरुद्धको पहिलो सेट ३–६ ले गुमाएका मेदबेदेभले यसपछिका दुई सेट ७–६ र ६–३ ले जित्दै खेल आफ्नो पक्षमा पारे ।

मेदबेदेभले अब उपाधिका लागि अष्ट्रियामा डोमिनिक थिएमसँग खेल्नेछन् । सेमिफाईनलमा विश्व नम्बर एक नोभाक जोकोभिचलाई ७–५, ६–७ र ७–६ ले हराउँदै थिएम फाईनलमा पुगेका हुन् । फाईनल खेल आज राती हुनेछ ।एजेन्सी