१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४० दिनदेखि तालाबन्दी


0
Shares

सुर्खेत । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रशासन तथा शैक्षिक कार्यक्रम ४० दिनदेखि ठप्प छ ।

प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेले प्राध्यापक मुन्निराज क्षेत्रीलाई प्रतिष्ठानको डीनमा नियुक्त गरेको विरोधमा प्रतिष्ठानमा २८ असोजदेखि तालाबन्दी गरिएको हो ।

उपकुलपति वाग्लेले प्रतिष्ठानको डीनमा सरस्वती गौतमलाई नियुक्ति गरिसकेपछि दोस्रो डीनका रूपमा केशर रानालाई नियुक्त गरेको र फेरि पनि तेस्रो डीनका रूपमा क्षेत्रीलाई नियुक्ति गर्नुभएको थियो ।

डीन नियुक्तिमा एकाधिकार लादेर अधिकारको दुरुपयोग गरी संस्थालाई आर्थिक व्ययभार थपेको भन्दै प्रतिष्ठानको कर्मचारी कल्याणकारी समाजले विरोधमा तालाबन्दी गरेको जनाएको छ ।