१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


ट्राफिक नियम उल्लंघन गर्ने दुई सय ३५ सवारी चालक कारवाहीमा


0
Shares

कञ्चनपुर । तीन दिनको अवधीमा ट्राफिक नियम उल्लंघन गर्ने दुई सय ३५ जना सवारी चालक कारवाहीमा परेका छन् ।

मादक पदार्थ सेवन तथा अन्य आवश्यक कागजात बिना सवारीसाधन चलाएको भन्दै प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने दुई सय ३५ जना सवारी चालकलाई कारवाही गरेको हो ।

कारवाहीबाट एक लाख ३३ हजार पाँच सय राजस्व संकलन भएको ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरी र सेवाग्राहीलाई जवाफदेही तथा पारदर्शी बनाउन पहिलो पटक ‘गोप्रो क्यामेरा’ र आधुनिक ‘ब्रेथ लाइजर’ प्रयोगमा ल्याएको कञ्चनपुर प्रहरीले पछिल्लो समय सवारीसाधनको चेकजाँचमा कडाई गरेको छ ।