
प्यूठान । गाउँमा शिक्षा, स्वास्थ्य, रोजगारीलगायतको सुविधा नभएको भन्दै प्यूठानका ग्रामिण क्षेत्रबाट सहर तथा तराईका क्षेत्रमा बसाइसराइ गर्दा प्यूठानका ग्रामिण क्षेत्र रित्तिँदै जान थालेका छन् ।
कुनै बेला भरीभराउँ हुने गाउँ अहिले सुनसान हुन थालेका हुन् । ग्रामिण क्षेत्रका बासिन्दा रोजगारीका लागि विदेश जाने र तराइ तथा शहरी क्षेत्रमा बसाई सराई गर्ने गरेका छन् ।
प्यूठानको नौबहिनी गाउँपालिका–८ लुप्लुङ्गका रामकृष्ण भण्डारी गाउँमा शिक्षा, स्वास्थ्य, रोजगारीलगायतको सुविधा नभएको भन्दै २०६१ सालमा बसाइसराइ गरे ।
ग्रामिण क्षेत्रमा आधारभूत सुविधा शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी जस्ता सुविधा नहुँदा गाउँबाट सहरमा बसाइसरेको उनी बताउँछन् ।
सिंहदरबार गाउँगाउँमा आएपछि ग्रामिण क्षेत्रको अनियन्त्रीत बसाइसराईलाई रोक्न स्थानीय तहले गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी, यातायातको पहुँच, रोजगारीको व्यवस्था गर्न सक्यो भने ग्रामिण क्षेत्रको बसाइसराइलाई रोक्न सकिने भण्डारीको बुझाई छ ।
त्यस्तै गौमुखी गाउँपालिका पुजाका कुलप्रसाद न्यौपाने पनि गाउँमा रोजगारीको सम्भावना नभएको भन्दै बसाई सराई गरेको करिव ५ बर्षभयो ।
देशमा तीन तहको सरकार गठन स्थानीय तहले विकास निर्माणका लागि करोडौं रुपैंयाँ खर्च गरेपनि बसाई सराई रोक्न नसकिएको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी गराउनुभएको छ ।
ग्रामिण क्षेत्रबाट बसाइसराइ गर्दा खेतीयोग्य जमिन बाझिंएका छन् भने अर्काेतिर शहरी क्षेत्रमा जनघनत्ब बढ्दै गएको छ । जसका कारण शहरमा अब्यवस्थीत शहरीकरण बढेको छ ।
यसलाई रोक्न तिनै तहका सरकारले गुणस्तरीय शिक्षा, स्वास्थय, रोजगारी, यातायात लगायतका क्षेत्रको बिकास गर्न आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्