१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हाम्रो टिमद्वारा न्यानो कपडा वितरण


0
Shares

काठमाडौं, मंसिर ८ । कोरोना संक्रमणका कारण रोजगारी गुमाएपछि भोकै परेका मानिसहरुलाई खाना खुवाउँदै आएको हाम्रो टिम नेपालले खाना खान आउनेहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

थापाथलीस्थित प्रसूतिगृह पछाडि खाना खान आएका मानिसहरुलाई हाम्रो टिम नेपालले न्यानो कपडा वितरण गरेको हो ।

हाम्रो टिम नेपालका उमेश बोहराले विभिन्न संघ–संस्था, व्यक्तिहरुको सहयोगमा आठ महिनायता खाना खुवाउँदै आएको बताउनुभयो ।

अहिले भने चिसो बढेका कारण वभिन्न व्यक्तिको सहयोगमा न्यानो कपडा वितरण गरिएको बताउनुभयो ।

न्यानो कपडा पाएपछि खाना खान आउने व्यक्तिहरु खुसी भएका छन् ।

कोरोनाका कारण गत चैत ११ गतेदेखि ‘लकडाउन’ भएपछि रोजगारी गुमाएर खाना खान नपाएका व्यक्तिहरुलाई हाम्रो टिम नेपालले निःशुल्क खाना खुवाउँदै आएको छ ।

यसअघि, खुल्लामञ्चमा खाना खुवाउँदै आएको यो समूहले काठमाडौं महानगरपालिकाले वैकल्पिक ठाउँको व्यवस्था गरिदिएपछि यही मंसिर ३ गतेयता प्रसूतिगृह पछाडिको खुला ठाउँमा खाना खुवाउँदै आएको छ ।