१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तेह्रथुममा बिक्नै छाड्यो ढाकाको कपडा


0
Shares

तेह्रथुम, मंसिर ८ । अघिल्लो वर्षसम्म चाडपर्वको बेला लाखौं रुपैयाँको ढाकाको कपडा बिक्री गर्दै आएका तेह्रथुमका ढाका व्यवसायी यस वर्ष बिक्री नभएपछि निराश भएका छन् ।

कोरोना महामारीको त्रासका कारण मानिसहरुको आवत–जावत कम भएकाले चाडपर्वमा समेत ढाकाको कपडा बिक्री नभएपछि उनीहरु निराश भएका हुन् ।

मेसिन प्रयोग नगरी हातैबाट धागो र रङको संयोजन गरी कलात्मक तरिकाले बनाएका तेह्रथुमका ढाकाको कपडा यो वर्ष बिक्री भएको छैन ।

कोरोनाभाइरसका कारण ढाका कपडा बिक्रीमा पूरै गिरावट भएको हो ।

गत वर्ष दशैं–तिहारको समयमा १२ लाख रुपैयाँ बढीको बिक्री भएको ढाका कपडा यस वर्ष एक लाखको पनि बिक्री नभएको उज्वलता ढाका कपडा उद्योगका सञ्चालक उज्वलता सुब्बाले बताउनुभयो ।

देशका विभिन्न स्थानमा ढाका कपडा बुनिएपनि तेह्रथुमे ढाका कपडाको छुट्टै पहिचान बनेको छ ।

धागो र रङ संयोजको कलात्मकताकै कारण तेह्रथुमे ढाका कपडाको व्यापारसमेत फस्टाउँदै गएको थियो ।

तेह्रथुममे ढाका कपडा नेपालमा मात्र नभएर हङकङ, युके, सिंगापुर, ब्रुनाई, भारतलगायतका देशहरुमा पनि निर्यात बढ्न थालेको थियो ।

तर, यस वर्ष कोरोनाभाइरसका कारण ढाका कपडा नबिकेपछि साह्रै समस्या परेको उद्यमीहरुको भनाइ रहेको छ ।

ढाका कपडाले जिल्लाको अर्थतन्त्रमा समेत ठूलो टेवा पुर्‍याउँदै आएको छ । यसबाट हजारौं महिलाले रोजागरीसमेत पाएका छन् ।

कोरोनाभाइरसका कारण ढाका कपडा नबिकेकाले सरकारले उद्यमीहरुलाई सरल ब्याजमा ऋणको व्यवस्था गरिदिनुपर्ने सृजना ढाका कपडा व्यवसायी सृजना लिम्बुले बताउनुभयो ।

उद्यमीहरुले हातैले बुनेर ढाकाको टोपी, साडी, कुर्ता सुरुवाल, पछ्यौरा, चौबन्दी चोलोलगायतका सामाग्रीहरु बनाउँदै आएका छन् ।

भिडियो हेर्नुहोस्