
बारा । बाराको सिमरा स्थित कोरोना अस्थाई अस्पतालमा आर्थिक अनियमितता देखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ ।
जितपुर सिमरा उपमहानगरले सञ्चालन गरेको कोरोना अस्पतालमा नीति तथा विधिको प्रयोग नगरी मनपरी खर्च गरेको देखिएपछि अख्तियारले अनुसन्धान थालेको हो ।
अस्थाई कोरोना अस्पतालमा ४ करोड ४५ लाख खर्चको बारेमा समितिमा विभिन्न दलबाट आवद्ध सदस्यहरुले उपमहानगरमा भुक्तानी प्रक्रिया थालेको चर्चासँगै अख्तियारले अनुसन्धान सुरु गरेको हो ।
यसअघि समितिका संयोजक तथा उपमहानगर प्रमुख कृष्ण पौडेलले समितिबने पछि बैठक नै नबोलाई भुक्तानी गर्न प्रक्रिया थालेपछि समितिका सदस्यहरुले ज्ञापन पत्रसहित भुक्तानी रोक्न प्रमुख प्रशासकीय अधिकृतलाई सचेत गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्