
काठमाडौं । वाग्मती प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।
नेपाली सेनाको हेलिकप्टरमार्फत लामालाई बिहान काठमाडौं ल्याइएको हो । कोरोना भाइरस संक्रमणका कारण आफ्नै क्वार्टरमा आइसोलेसनमा बसेका मन्त्री लामालाई लगातार खोकी लागेर स्वास्थ्य अवस्थामा थप समस्या देखिएको छ ।
हेटौंडामा चिकित्सकहरुले शरीरमा अक्सिजनको मात्र पर्याप्त नभएको कारण थप उपचारका लागि काठमाडौं लान सुझाएपछि काठमाडौं ल्याइएको उहाँको सचिवालयले जनाएको छ ।
हेटौंडामा रहेको कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा मंसिर ५ गते गरेको स्वाब परीक्षणमा मन्त्री लामामा कोरोना पोजेटिभ देखिएको थियो । उहाँको काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा उपचार गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्