१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बीबीसीको प्रभावशाली सय महिलाको सूचिमा नेपालकी सपना


0
Shares

काठमाडौं । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगर बीबीसीको प्रभावशाली महिलाको सूचिमा पर्नुभएको छ ।

बीबीसीले आज सार्वजनिक गरेको २०२० को सय प्रभावशाली महिलाको सूचिमा सपना पनि पर्नुभएको हो ।

सूचिमा फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट, मलेसियाकी चर्चित अभिनेत्री मिसेल योह लगायत छन् ।

सपनाले तीन दर्जन भन्दा बढी बेवारिसे शव जलाइसक्नु भएको छ ।