
ललितपुर । बाटोमा मालवाहक ट्रक गुडाउन नपाउने भएपछि ललितपुरका ढुवानी व्यवासायीले गोदावरी नगरपालिकाको भवन र प्रदेश सभा सदस्य चेतनाथ सञ्जेलको घर घेरेका छन् ।
सात दोबाटोदेखि टीकाभैरवको बाटोमा मालवाहक गाडी गुड्न नपाउने भएपछि मंगलबार बिहान टिपर चालकहरूले नगरपालिका र प्रदेश सभा सदस्य सञ्जेलको घर घेराउ गरेका हुन्।
गाडी चलाउन नपाएपछि घरमा राखेर मात्रै केही नहुने भन्दै व्यवसायीले चावी बुझाउन आएको बताएका छन् ।
बजारबाट जाने बाटोमा सानो मालबाहक गाडी समेत चल्न नपाउने भनेर नगरपालिकाले निर्णय गरेको थियो।
नगरपालिकाले बाटो साँघुरो भएकाले व्यवसायीहरुलाई नख्खु खोलाको बाटो प्रयोग गर्न अनुरोध गरेको थियो ।
व्यवसायीहरूलाई त्यहाँको बाटोले अप्ठेरो भएको भन्दै विरोध गरेका हुन्। साना मालवाहक गाडीलाई पनि अवरोध गरेपछि विरोध गर्न बाध्य भएको व्यवसायीहरुले बताए ।
नगरपालिका र प्रदेश सभा सदस्य सञ्जेलको घर अगाडि सय भन्दा बढी गाडी रोकिएका छन् ।
प्रतिक्रिया दिनुहोस्