
बागलुङ, मंसिर ९ । प्रविधिमैत्री सेवा प्रवाहलाई आत्मसात गर्न थालेपछि मालपोत कार्यालय बागलुङमा उल्लेख्य सुधार आएको छ ।
सीसी क्यामेरा जडान, स्तनपान कक्ष, नगदरहित कारोबार तथा कोरोना रोकथाममैत्री वातावरणलगायतका कार्य निर्माण गरेपछि सेवाग्राहीलाई सजिलो भएको छ ।
कार्यालयमा हाल अन्य सरकारी कार्यालयभन्दा बढी सफा, अनिवार्य मास्क, स्यानिटाइजर प्रयोग गर्नुपर्ने, मूलद्वारमै हात धुने व्यवस्था हुँदा सेवाग्राही खुसी भएका छन् ।
कोठैपिच्छे कागज लिएर हिँड्नुपर्ने कार्यालयमा सबै कोठा हटाएर एउटै हलमा काम हुने व्यवस्था गरिएकोे कार्यालय प्रमुख विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्