
काठमाडौं, मंसिर ९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण गराएको स्वाब ‘स्टोर’ गरेर राख्नुपर्ने पछिल्लो निर्णयबारे आफूहरुलाई औपचारिकरुपमा जानकारी नआएको स्टार अस्पतालले दाबी गरेको छ ।
मन्त्रालयले मंसिर ७ गते ‘नेगेटिभ’ आएको स्वाब एक महिना र ‘पोजिटिभ’ आएको स्वाब तीन महिना स्टोर गरेर नराखेको भन्दै स्टार अस्पताललगायत तीन अस्पतालसँग स्पष्टीकरण मागेकोे थियो ।
अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरी स्वाब स्टोर गर्नुपर्नेबारे आफूहरुलाई कुनै आधिकारिक सूचना नआएको जनाएको हो ।
यस्तै, अस्पतालले नेगेटिभ रिपोर्ट निकालेको व्यक्तिको हङकङमा गएर परीक्षण गर्दा पोजिटिभ आएको विषयसमेतले अस्पताल विवादमा तानिएको थियो ।
अस्पतालले स्वास्थ्य मन्त्रालयले छानबिन गर्नुअगावै आफूहरुले नक्कली रिपोर्ट दिएको भनेर प्रचार गरिएकोप्रति गुनासो गरेको छ ।
मेडिकल डाइरेक्टर डा. शैल रुपाखेतीले परीक्षण गरेपश्चात् ‘ट्राभल’ गर्दापनि संक्रमण भएको हुनसक्ने तर आफूहरुले गलत रिपोर्ट नदिएको कुरा मन्त्रालयको छानबिनलेसमेत देखाएको पनि दाबी गर्नुभयो ।
मन्त्रालयको छानबिन समितिले हालसम्म यससम्बन्धी प्रतिवेदन सार्वजनिक गरिसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्