
तेह्रथुम । पानीका मुहान सुक्दै गएपछि तेह्रथुमको छथर गाँउपालिकामा स्थानीयले पलास्टिक पोखरी बनाएका छन् ।
खानेपानीको जोहो नै गर्न मुस्किल भएपनि स्थानीयले सुख्खायाममा पशुचौपाया तथा तारकारी खेतीमा सिँचाइ गर्नका लागि पलास्टिक पोखरीको निमार्ण गरेका हुन् ।
किसानहरुले वर्षायाममा आकासबाट परेको पानी पोखरीमा जम्मा गरेर राख्छन् र सुख्यायाममा पशुचौपायालाई खुवाउन तथा कृषि प्रयोजनका लागि पानीको प्रयोग गर्ने गर्दछन् ।
खेतीका लागि पानी नभए पनि कृषि गर्न सकिने किसानहरु बताउँछन् ।
सुख्खाग्रस्त क्षेत्रका किसानहरुलाई लक्षित गरी कार्यक्रम ल्याइएको र किसानलाई हरेक वर्ष वितरण गर्दै आएको छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाको भनाइ छ ।
यहाँका किसानहरुले वर्षाको समयमा पानी जम्मा गरी हिउँदेबाली सिँचाई गरी आम्दानी समेत लिन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्