१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


योजना आयोगका पूर्व उपाध्यक्ष डा.शाक्यको कोरोना संक्रमणका कारण निधन


0
Shares

काठमाडौं । अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.रवीन्द्रकुमार शाक्यको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ ।

शाक्य खिलराज रेग्मी अध्यक्ष रहेको चुनावी सरकारको समयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

उहाँको मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो । कोरोना संक्रमणका कारण मिर्गौलामा समस्या आएपछि उहाँको उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

अर्थ मन्त्रालयको शाखा अधिकृतबाट सरकारी जागिर सुरु गरेका शाक्यले अमेरिकाबाट अर्थशास्त्रमा स्नातोकत्तर र भारतको मुम्बई विश्वविद्यालयबाट अर्थशास्त्रमा पीएचडी गर्नुभएको थियो ।

राष्ट्रिय योजना आयोगको कर्मचारीका रुपमा काम गरेका उनी सेवानिवृत्त भएपछि खिलराज रेग्मीको मन्त्रिपरिषद्ले आयोगको उपाध्यक्ष बनाएको थियो ।

ललितपुर कुपण्डोल निवासी ७४ वर्षे शाक्यका श्रीमति र तीन छोरा तथा एक छोरी छन् ।