
काठमाडौं, मंसिर ११ । यही मंसिर ९ गतेबाट जारी कक्षा–१२ को परीक्षा दिनेक्रममा अनियमितता भएको भिडियो अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ भएको छ ।
भिडियोमा विद्यार्थीहरु मोबाइल हेर्दै उत्तर लेखिरहेका देखिएका छन् । २६ सेकेन्डको सो भिडियो परीक्षार्थीले नै खिचेको देखिन्छ ।
यो भिडियो कुन परीक्षा केन्द्रको हो भन्ने खुलिसकेको छैन । यस घटनाबारे राष्ट्रिय परीक्षा बोर्डमा भने कुनै सूचना पुगेको छैन ।
परीक्षामा ‘स्मार्ट’ फोन प्रयोग गर्ने, चिट चोर्ने काममा संलग्नलाई फौजदारी कसुरअनुसार कारबाही हुने तथा नियमविपरीत परीक्षा सञ्चालन गर्ने केन्द्रको परीक्षासमेत रद्द हुने बोर्डले जनाएको छ ।
चार हजार १०५ परीक्षा केन्द्र रहेकोमा सबै केन्द्रको अनुगमन गर्नसक्ने अवस्था नरहेको तथा अनुगमन गरेको केन्द्रहरुमा भने राम्रोसँग परीक्षा भएको बोर्डको दाबी छ ।
बोर्डले परीक्षामा पर्याप्त मात्रामा निरीक्षकहरुको व्यवस्था गरिएको, मोबाइल फोन निषेध गरिएको एवं सामाजिक दूरी कायम गरेर परीक्षा दिने व्यवस्था गरिएको बताएपनि भाइरल भएको सो भिडियोमा कतिपय विद्यार्थीहरुले मास्कसमेत नलगाएका देखिन्छ ।
परीक्षा हलमा निरीक्षकको उपस्थितिसमेत देखिँदैन ।
कक्षा–१२ को परीक्षामा चार लाख ३३ हजार विद्यार्थी सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्