७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


काठमाडौं उपत्यकालगायत देशभर चिसो बढ्यो, केही स्थानमा वर्षा र हिमपात हुने


0
Shares

काठमाडौं । पश्चिमी वायुको प्रभावसँगै शुक्रबार काठमाडौं उपत्यकासँगैं देशभर चिसो बढेको छ ।

शुक्रबार देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ ।

प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा हुनुका साथै सुदूरपश्चिम र मध्य क्षेत्रका उच्च पहाडी र हिमाली क्षेत्रमा सामान्यत हिमपात हुने तथा बाँकी भागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति प्रदेश १ मा आंशिक बदलि रही बाँकि भुभागमा मौसम सामान्यतया सफा रहनेछ ।

काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ११ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २० देखि २२ डिग्री सेल्सियसकाबीच रहने छ ।

आज बिहान सूर्योदय ६ बजेर ३५ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ९ मिनेटमा हुनेछ ।