
काठमाडौं । बेलायतका ८ वर्षीय बालकले प्रधानमन्त्रीलाई लेखेको पत्र भाइरल भएको छ ।
कोरोना महामारीका बीच आउँदै गरेको क्रिसमसलाई लक्षित गर्दे बालक मोन्टीले प्रधानमन्त्रीलाई यो पत्र लेखेका छन् ।
मोन्टीको चिट्टीको प्रत्युतरमा प्रधानमन्त्री बोरिस जोनसनले पनि पत्र लेखेका छन् । मोन्टीले बेलायती प्रधानमन्त्री बोरिसलाई यो वर्ष क्रिसमसका दिन सान्टा क्लाउज उपहार लिएर आउछन् कि आउँदैन् भनी चिठी लेखेका छन् ।
त्यसको प्रतिउत्तरमा प्रधानमन्त्री जोनसनले क्रिसमसका दिन सान्टा क्लाउज बालकका लागि उपहार दिन तयार रहेको र त्यो काम गर्न कुनै कुराले रोक्न नसक्ने बताउनुभएको छ ।
जोनसले मोन्टीको चिठी ट्वीटरमा सेयर गर्नुभएको छ । चिठीमा मोन्टीले लेखेका छन्ः ‘म सोचिरहेको थिए कि तपाई र तपाईको सरकारले क्रिसमसको दिनमा सान्ता क्लाउजको बारेमा सोच्नुभएको छ ?’ प्रधानमन्त्री जोनसनले जवाफ दिएका छन्ः ‘मैले यस्ता धेरै पत्रहरु पाएको छु । मैले विज्ञहरुसँग कुरा पनि गरेको छु र म तपाईलाई आश्वासन दिन्छु कि निश्चित रुपमा यो क्रिसमसमा सान्टा क्लाउज गिफ्ट लिएर आउँछन् ।’
मोन्टीले पत्रमा प्रश्न गरेका छन्ः ‘ यो महामारीमा सान्टा क्लाउजले ह्यान्ड सेनिटाइजरका साथ कुकीहरु ल्याउला वा सुरक्षाको लागि आफ्ना हात पनि धोएको हुन्छ त ? मलाई थाहा छ तपाई एकदम व्यस्त हुनुहुन्छ । तर के तपाईले र वैज्ञानिकहरुले यसबारे पनि केही सोच्नुभएको छ ?’
त्यस्तै प्रधानमन्त्री जोनसनले उक्त पत्रको जवाफमा लेखेका छन्ः ‘तपाईको चिठीका लागि धन्यवाद । तपाईले एक धेरै महत्वपूर्ण प्रश्न सोध्नुभएको छ । मलाई थाहा छ, बाँकी बालबालिकाहरुको पनि त्यस्तै प्रश्न हुनेछन् । म तपाईलाई बताउन चाहान्छु कि मैले उत्तरी धु्रवमा फोन गरेको छु । र भन्न सक्दछु कि फादर क्रिसमस (सान्टा क्लाउज) आउन तयार छ ।’
सान्टा क्लाउज इसाई संस्कृतिमा जन्मिएको एक पौराणिक कथा र त्यसको पात्र हो । भनिन्छ, जसले क्रिसमस डे (२ डिसेम्बर) को रात वा क्रिसमस डे को बिहान बालबालिकाहरुलाई घर घरमा उपहार ल्याइदिन्छन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्