
विराटनगर । विराटनगरमा कोरोना भाइरस संक्रमित सुत्केरीको मृत्यु भएको छ ।
गए राति नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मोरङको रतुवामाई नगरपालिका–१० की २५ वर्षीया सुत्केरीको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
मृतक १७ दिनकी सुत्केरी हुन्। उपचारका क्रममा मृगौलामा खराबी पाइएको र मृतकमा निमोनियाको पुरानै समस्या भएको पाइएको छ ।
कोरोना संक्रमणका कारण अवस्था चिन्ताजनक बनेपछि सुत्केरीलाई मंसिर १० गते नोबेल शिक्षण अस्पताल भर्ना गरिएको थियो।
अस्पतालमा भर्ना गर्दा श्वासप्रश्वासको समस्या थियो भने बिरामी बोल्न नसक्ने अवस्थामा रहेकी थिइन् ।
बचाउने प्रयास असफल हुँदा उपचारका लागि भर्ना गरेको भोलिपल्टै सुत्केरीको ज्यान गएको हो ।
सुत्केरीमा पहिला नै कोरोना पोजेटिभ देखिएको र अस्पतालमा उपचार गर्नुपर्नेमा घरमै लगेर होम आइसोलेसनमा राखिएको पाइएको अस्पतालले जनाएको छ ।
अवस्था अन्तिम बनिसकेपछि मात्रै अस्पताल भर्ना गरिएकोले सुत्केरीलाई बचाउन नसकिएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।
प्रतिक्रिया दिनुहोस्