
काठमाडौं । गुल्मीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रविणलाल श्रेष्ठका अनुसार मृत्यु हुनेहरुमा इस्मा गाउँपालिका ४ का ६५ वर्षका डम्बरबहादुर धिताल, ३३ वर्षका चित्रबहादुर दर्लामी, ३० वर्षका वसन्त दर्लामी, ३३ वर्षका धनबहादुर अछामी र मालीका गाउँपालिका ५ का ८० वर्षकी सुन्दरी थापा छन् ।
इस्माबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप इस्मा गाउँपालिका वडा नम्बर ४ मा दुर्घटनामा परेको हो ।
शुक्रबार बिहान जिप भिरबाट खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिपमा नौ जना सवार रहेका थिए ।
दुर्घटनामा इस्मा गाउँपालिका ४ का १९ वर्षका फर्सुराम थापा, २८ वर्षकी सरस्वती दर्लामी र २६ वर्षका कमल धिताङ घाइते भएका छन् । घाइतेहरुको उपचारका लागि जिल्ला अस्पताल लगिदैछ ।
प्रतिक्रिया दिनुहोस्